उठ्ने बित्तिकै बाहिर निस्किए,
सुर्य नमस्कार ।
आँखै अघि,
नाकै नजिक,
हातैमा जस्तो प्रकाश ।
न्यानोपन,
शरीर हैन मस्तिष्कमा,
आदि अनिदो सबै छर्लङ्ग ।
फुल पो टिप्नु पर्ने,
फक्रेको, सर्वोत्कृष्ट,
अनि
लाइटर, धुप, धुँवा
मगमग वासना
जय शम्भो !
आत्मा हलुङ्गो,
शरीरबाट निस्केला जस्तो,
महादेवले टाउकोमा,
आकाश गङ्गा बोकेजस्तो ।
धन्यवाद दाई। सह लेखक भनी राखिदिनु भएको मा, metaphor र similis को अति नै दामी उपयोग छ यसमा। बुझ्ने लागि फूलको माला, बुझ्न खोज्ने लाई सुनको ।
ReplyDelete