जीवन्त बनाउँछ मेरो मृत्यु

 हाँसिरहेको देख्या थिईन ऐना,
आज मुस्कुराउन खोज्छ ।
हावा फर्थे मेरा फोक्सोहरु,
आज श्वास फेर्छन्, सायद ।

जीवन्त बनाउँछ मेरो अस्तित्व ।
सायद, तिम्रो राष्ट्रियतालाई पनि
लाग्छ होला यस्तै ।

के यो झिल्को मात्र हो प्रकाशको ?
की झण्डा हो सूर्यको?
के त्यो रगत,
काली पिचले मात्र सोस्याे
नर्कसम्म लान?
की क्रिमसन भएर झण्डालाई पनि रंग्यायो?

के यो क्रान्तिको ध्वनि हो कि
मर्नु अघि चिच्याएको आवाज मात्र?

जीवन्त बनाउँछ मेरो मस्तिष्क ।

मलाई अफवाह र झुट
पत्याउनु छैन 
मलाई निराशा र फुट
पछ्याउनु छैन ।

तर, के हामी वास्तविकतामा छौं र ?
वास्तविकता वास्तविक चीजले बनाउँछ,
न्याय इमान्दारले प्रत्याभूति गर्छ,
सरकार,
जनताले जनता बाट पाउँछ ।

देश नेताको हैन
सरकारको हैन
राजाको हैन
जनताको हो ।

के हामी वास्तविकतामा छौं र?
जीवन्त बनाउँछ मेरो मृत्यु ।

Comments