नराम्रो खबर

तिमी? मुस्कान
म? नराम्रो खबर
तिमी? नयाँ मैदा
म? गन्हाएको किमा
तिमी? प्रकृति
म? टेक्नोलोजी ।





जन्मे देखि,
यो कविता भन्नुन्जेलसम्म
म खराब समाचार,
थिए र हो।

माओवादी जनयुद्ध,
बाबा–आमाको बिछोड, 
इन्फ्लेशन,
गरिबीको दलदल,
आर्थिक मन्दी,
नाका बन्दी,
बलात्कार,
 सिंह दरबार र संसद भवनको एकैदिनको आगो,
 बिदेश पलायन,
आदि, इतयादी।

यी, मेरो जीवन-सिनेमाको
दर्शकहरू हुन्।

यस्तै कुराहरूले भरिएको दुनियाँले
त्यो गजालु आँखालाई
आँशुको झार्ना
बनाएको हो।

तिम्रो, यस्तै कुराहरूले भरिएको दुनियाँले
अस्तित्व लुटेको हो।

तिम्रो मुस्कानलाई
मैले भगाइदिए ।
तिमी मगमग बस्न आउने म:म:,
म फ्याकेर कुहिएको सिनो।
तिमी निर्दोष जस्तो प्रकृति,
म तिम्रो अस्तित्व मेटाउने टेक्नोलोजी।

तिम्रो मुस्कानलाई
मैले भगाईदिए ।

Comments