जिउँदो अभाव

 भरी थाल
आधा पेट
बाउको चिडियाखाना

कुकुरको मुतमा चैट्  ।



माउको हात कडा

एक झाप्पडमै ब्रह्माण्ड

माउको हात कमलो

गालामा स्पर्श, ब्रह्माण्ड गायब


"ऊ बा"को?

खै, कस्तो हात


गालामा हात

टाउको खाली

न आशिर्बाद न श्राप

निधार रिसाउँछ

पुरानो पूरा चित्रहरुमा

परिवार आधा,

मन विझाउँछ


ता - पि

वा - बु

बु - बा

ऊ - बा

कसरी मिलाउने?

Arrangement नै बिर्से


ओठले विर्सियो

नजर, कतै नदेख

हात, देखें नी नभेट

ओठ, भेटे नी नबोल

मस्तिष्क, बोले नी....

आवाज चुप ।


Comments