तिम्रोलागि जे नि गर्दिन्छु
तिम्रोलागि जे नि गर्दिन्छु,
सुन्ने मन छैन,
करा'को,
भने त जे पनि ।
त्यसको जीवनको शून्यताबाट
पैसा कमाउला
तिम्रो इच्छा पुरा पार्न ।
नकाराउ न, please!
भन्देउ - के चाहियो?

तेस्को खुट्टामुनि बसेर
पैसा कमाउला,बिक्रि गर्दिम्ला
अनि
सब पाउने छौ,
हुन्छ नि?
धेरै नारिसाउ न, please
हातहरु पारम्ला फोहोर,
दुखाम्ला जिउ,
नहुन्जेल खुशी तिमी,
सब तरिकाको बेहोसीलाई,
पर राखम्ला ।
बेचुम्ला उसलाई, बिकैदिम्ला तेस्लाई
बिक्रि गर्दिम्ला सबै,
लागैदिम्ला संसार sale मा,
बस नरिसाउ आज ।
अँ,
आज, त्यो हिजोमा बाँचेको जस्तो
घरमा भात सक्किदा पिठो खाए जस्तो,
त्यो हिजो ।
हिजो त्यस्तै
आज उस्तै
भोलि अर्कै,
तिमी बस आज नरिसाउ ।
मेरो शरीर शिथिल नपार ।
खालि खेत
खालि पेट,
छुट्टी लिन पाएन आज, भोकले ।


Comments
Post a Comment