सडकको Grafitti

औंला नउठा
हत्केला देखलास्
आँखा नदेखा
तारा देख्लास् ।

आँसु र पानी
के पिउने? विखलबन्दमा
आफ्नो रगत ।

चोट र खुसी
के सहने? Confusion मा
Tattoo.

माला र ID Card
के लाउने?
Confusionma
Chains.

मेरो बाटोमा
मित्र मुस्कुराईराछ
दुश्मन रिसाइराछ
अब को?
आफू ।

आमा र बा
दुइटै छोडे,
चुनाव - आफ्नो भविष्य,
जहाँ परिवार सिंगो छ ।

कलम र तलवार
के रोज्ने साथी?
बन्दुक ।

केही confusion छैन
वर्तमानमा भविष्य हैन
भूत काल बन्दैछ
आज बाँच्नु छ ।



Comments