माफी, बाबा
माफी, बाबा पहिले माग्थे डरले अहिले, मनले ।
गोजीमा दुको कहा पर्दो रैछ, आज बल्ल भेटेँ ।
रक्सी र रात किन एकैचोटी लाग्दो रैछ, वाध्यतामा स्वतन्त्रता कसरी अटाउँदो रैछ, बुझेँ।
यो शरीर आफ्नो, अनि घर - आफ्नो आत्मा, बुझेँ।
धेरै जिएको छैन अझै धेरै पिएको छैन अझै तर यी नसासँग जीवन बिताईसके जस्तो ।
आज माफी माग्छु, हजुरको पसिनालाई, झोल बनाएर खाए ।
सोचे, हजुरको परिश्रम
असफलताको परिणाम हो । आफ्नो इच्छालाई, हजुरको कर्तव्यभन्दा ठूलो बनाए ।
आज थाहा पाए, दिमाग किन सड्किदो रैछ कहिले काही । दिनभरि परिश्रमले मारेको मन, त्यो हत्याको ग्लानि र शोख राती रक्सीमा आइसक्युबको साटो हालेर पिउँदा कहिले काही दिक्क लाग्ने रैछ ।



Comments
Post a Comment