मेरो काल
आउँछ होला बोकेर,
चुरोट
"ले यो तेरो अन्तिम
अनि जाने ।"
फोक्सो, घाँटी, नाक पोल्दिम की
हेरिरहुँ?
पहेंलो मेकअप
र सेतो ड्रेस लगाएकी
परी?
एक शट तान्दिम की मर्दीम?
मेरो कालले
आउँछ होला बोकेर
रक्सी पनि
"ले यो, तेरो अन्तिम
अनि जाने ।"
बग्दिम की,
बोतल जस्तो कडा र चिसो हुम?
पिउदीम की मर्दिम?
Comments
Post a Comment