Tube light कालो बलिराथ्यो

कोठाको Tube light कालो बलिराथ्यो ।
चेहेरा नदेखिने,
Scam गरेको पैसा जस्तो - पहिचान ।


उड् उड्, छाना बाधा
सुत् सुत्, निद्रा बाधा
हिंड् हिड्, ढोका बाधा
सोच सोच, चेतना बाधा

पिंधमा पुगेको लाइटर
चुहिएको मट्टीतेलले
Phoenix जस्तो शरीर ।

कोठाको Tube light कालो बल्थ्यो ।

अहिले शरीर पहेलो, रातो, निलो,
सबै रंग उज्यालो ।

सब चिजमा 
Alexander को दृष्टि,
छाना चर्केको रैछ ।

उड् उड्, छाना चिर्दे महाबली
नसुत् नसुत्, राख जिउँदो सपना
नहिंड् नहिड्, उडीदे
सोच सोच, 
शरीरको आगो ननिभा ।



Comments