रुघा
यो सरकार रुघा हो,
पारिदिने गाह्रो फेर्न सास ।
यो सरकार सर्दी हो,
कब्जा गरि घाँटी, खोस्दिने आवाज ।
यो सरकार ज्वरो हो,
गलाईदिने कर्मठ शरीर ।
खाटसम्म अशान्ति फैलाउने,
चुस्ने खुन किरा सरि,
यो सरकार मच्छर हो,
बनाइदिने जनता हिजडा ।
यो सरकार भाइरस हो,
पारिदिने विरामी देश ।
यो सरकार plague हो,
पारिदिने सबै शेष ।
यो सरकार हो अवसाद,
पारिदिने शुन्य युवाको दिमाग ।
यो सरकार - बेकार तर दरकार,
यो सरकार - परिवर्तनको झंकार ।



Comments
Post a Comment