प्रस्ताव

तिम्रो बोलीको जादु, यो मनको जन्जिर
बोलाउ… रुन्छ मन, सुनी खुसीको गीत
तिमीले तान्दा ध्यान, लाग्छ भैदिउ समिप
धेरै हिच्किचाहट, छाती झनै अस्थिर



मरेको आत्मा मेरो, फेरी भावना जीवित
कुनै छैन स्वार्थ, यो चाहना अजिब
भन्छ भनिदे साथि, एक तर्फी भो अती
कल्पना गर्छु के होला? डरले छोप्छ मति

नजरले नयन फेर्यो, पाईलाको बढ्यो गति
आँखामा आश थियो, हातमा तेस्को प्रतिक
तीन शब्दले नाघ्दीयो, एक्लोपनको तग्दिर
अनि,
गुलाबले हात फेर्यो, मुटुले शरीर

Comments