नेपालको महाभारत

 "म मर्दिनँ,
सबको आयु चुसे,
म ढल्दीन,
लाशमा अढेस ।



म सच्चिन्न,
यहाँ को गलत छैन र?
म गल्ती मान्दिनँ,
यहाँ को नैतिकवादी छ र?
म आँशु झार्दिन,
नजर झुकाउँदिन,
मुहार छोप्दिन,
यो समाजमा को छ र ?
युधिष्ठिर?
म यही समाजको हो ।
यही समाजले 
जिताको, पालेको, सम्मान दिएको
बा, आमा, दाजु, भाउजु भनेको ।"

यो युद्धमा भिमहरु छन्
नकुल र सहदेव छन्
युधिष्ठिर पनि कम्तीमा एकजना होलान् 
अर्जुन पनि छन्,
अप्सोच,
कृष्ण छैनन्।

सायद, 
त्यही भएर
नेपालको हरेक दशकले
नयाँ युद्ध खोज्छ,
अनि बाटो बनाउँछ,
अर्को युद्धको ।
यो महाभारतको "कृष्ण"
जनता हुनु पर्छ ।



Comments