Cute Commando

 मैले एउटा बच्चा पाए,
जो कहिले बढ्दैन ।
एउटा सानु, मसिनु,
हातैमा अटाउने बच्चा ।


उ राजा, म सेवक ।

उ खान्छ, उसलाई थाहा छ,
के मन पर्छ, माग गर्छ,
के खानु छ ।
उसलाई कुनै भाषा बोल्न आउंदैन,
न कहिले बोल्न सक्ने हुन्छ ।

"भोक लाग्यो" भन्न खोज्दा,
सिल्ली आवाज निकाल्छ
कराउँछ, लगातार ।
खित्का छुट्छटन् मेरा
हाँसो बाइकको आवाज जस्तो
"खित खित खित खित"
उसको माग सुन्दा ।

बिस्टाउछ, एता उता जता ततै,
अनि सोच्छ, कसैले नदेखोस्,
के ले लुकाउनु?
जे ले मिल्छ त्यसले  लुकैदिन्छ।

सफा हुनु hobby हो,
आफुलाई चाट्छ,
टाउको देखिन् खुट्टासम्म ।
तर नुहाउन मनपर्दैन,
पानि छुवाउदा
मलाई सताएर उघ्र,
पन्छिन खोजेर उघ्रा ।

प्रायः एक्लै सुत्छ,
अरु बेला,
मेरो ओछ्यानमा पल्टेर
टाउको र खुट्टा एकै ठाउँमा पारेर
न्यानो भएर, टाँसिएर ।

उ हिड्छ, जस्तो सानो 
Cute Commando
जहिले उ mission मा हुन्छ,
एकाग्र भएर. समर्पित ।
त्यति खेर उसंग आँखा जुधाई खेल्नु,
म त हराउँछु, उसको निलो आँखामा
अनि हार्छु ।

उसको mission कहिले साकिंदैन,
प्रथमतः अवलोकन
द्वितीयतः तयारी
त्रितियतः आक्रमण
प्लास्टिक, कागज, बल,
मेरो खुट्टा, हात, लुगा
के-केलाइ आक्रमण ।
टोक्छ, चिथार्छ ।
अनि थाके पछी,
लुरु लुरु मेरो काखमा आएर बस्छ,

उफ,
बोल्न नसक्ने संग,
के के कुरा गर्छु,
चेतना नभाकोसंग,
पलहरु साट्छु,
नसोचेको संग अकल्पनीय सम्बन्ध
गासिने कुरा सहि हो ।

Comments